बिहीबार १०, बैशाख २०८३ Thu,23 Apr 2026

सर्वाधिकार सुरक्षित

सुदूरपश्चिममा मुख्यमन्त्री, मन्त्री र कर्मचारीसम्मको रोकियो तलब



09:13 मंगलवार ४ , चैत्र २०८१

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य र कर्मचारीहरूको तलब रोकिएको छ । लेखा अधिकृतहरू वृत्ति विकासको माग राख्दै आन्दोलनमा उत्रिएपछि तलब रोकिएको हो ।

लेखा समूहका अधिकृतहरूले प्रदेश निजामती सेवामा नवौं तहबाट प्रशासन समूह हटाउनुपर्ने, लेखा समूहको ओएण्डएम गर्नुपर्ने, र प्रदेश लोकसेवा आयोगले खोलेको प्रशासन सेवाको विज्ञापन स्थगित गर्नुपर्ने माग राखेका छन् ।माग पुरा नगरे संघमा फिर्ता जानुपर्ने चेतावनी समेत दिएका छन् ।

गत बुधबारदेखि लेखा अधिकृतहरूले भुक्तानी प्रक्रिया रोकेपछि तलब रोकिएको प्रदेश लेखा नियन्त्रक बासुदेव जोशीले बताए । सुदूरपश्चिम प्रदेश सरकार चालु आर्थिक वर्षको बजेट ७० दिन ढिलो गरी मात्रै पारित गर्न सकेको थियो । अब आन्दोलनका कारण पुनः तलब भुक्तानीमा समस्या उत्पन्न भएको हो ।

Featured News

Advertisement