एसइई सुरु : आज पहिलो दिन अनिवार्य अंग्रेजी
10:26
बिहीबार
६ ,
चैत्र
२०८१
NepalBit
320
इटहरी । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु भएको छ । देशभरका दुई हजार ८० केन्द्रमा बिहान ८ बजेदेखि परीक्षा सुरु भएको हो ।परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसवर्ष दुई लाख ५७ हजार ७३० छात्रा, दुई लाख ५६ हजार ३११ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ३० जना परीक्षामा सहभागी भएका छन्।
पाँच लाख १४ हजार ७१ परीक्षार्थीमध्ये १६ हजार ९४७ प्राविधिकतर्फका छन् ।तिनका निम्ति केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक, सहयोगी कर्मचारी र सुरक्षाकर्मीसमेत गरी ७७ हजार ८१७ जना जनशक्ति खटाइएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा तालिकानुसार पहिलो दिन आज अनिवार्य अंग्रेजी विषय र संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत तथा मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा रहेको छ ।






