आईतवार ६, बैशाख २०८३ Sun,19 Apr 2026

सर्वाधिकार सुरक्षित

कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस



18:07 बिहीबार ६ , चैत्र २०८१

इटहरी । कोशी प्रदेश सभाको चालु छैठौं अधिवेशन आज (बिहीबार) राति १२ बजेबाट अन्त हुने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको जानकारी दिए । उनका अनुसार बैठकले कोशी प्रदेश जनस्वास्थ्य नियमावली २०८१ समेत स्वीकृति गर्ने निर्णय गरेको छ। त्यस्तै समस्याग्रस्त सहकारी संस्था वा संघ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गरिएको छ ।

यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका लागि एक करोड २८ लाख ६० हजार रकम बाँडफाँट गर्न स्वीकृत प्रदान प्रदान गरिएको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको लागि अनुमानित सीमा १ अरब ५० करोड तथा राजस्व बाँडफाँटको अनुमान सीमा एक अरब १० करोड स्वीकृत गर्ने समेत निर्णय गरेको छ ।

आजको बैठकले उच्च तथा जिल्ला अदालत सुदृढीकरण का लागि एक करोड ५० लाख बाँडफाँट गर्न स्वीकृत प्रदान गरेको समेत जानकारी मन्त्री भण्डारीले जानकारी दिए । राजनीतिक तथा प्रशासन समितिबाट परिमार्जित आर्थिक मामिला तथा योजना मन्त्रालय र मातहतका कार्यालयको संगठन संरचना तथा दरबन्दी तेरिज २०८१ पनि बैठकले स्वीकृत गरेको छ ।

Featured News

Advertisement