आईतवार ६, बैशाख २०८३ Sun,19 Apr 2026

सर्वाधिकार सुरक्षित

लक्जरी एसयुभी स्काईवेलको शाखा इटहरीमा



19:26 सोमबार १० , चैत्र २०८१

इटहरी । नेपाली बजारमा लोकप्रिय बन्दै गएको लक्जरी एसयूभी ब्रान्ड स्काईवेलले आफ्नो व्यवसायिक विस्तार गर्दै सोमबार इटहरीमा नयाँ शाखा स्थापना गरेको छ। इटहरीको लविपुरमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई (पिके) ले उक्त शाखाको औपचारिक उद्घाटन गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न विद्युतीय गाडीहरू महत्वपूर्ण विकल्प बन्ने विश्वास व्यक्त गरे। उनले भने, ‘हाम्रा हिमालहरू धमिलिँदै गएका छन्, वातावरण प्रदूषित बन्दैछ। हामीले आफ्नै विद्युत उत्पादनको सदुपयोग गरी प्रदूषणरहित सहर निर्माण गर्न सक्छौँ।’ साथै, उनले आफ्नो कार्यकालमा सरकारी कार्यालय प्रयोजनका लागि समेत विद्युतीय गाडीको प्रयोगलाई प्राथमिकता दिइएको उल्लेख गरे।

चीनमा निर्माण भई ६५ भन्दा बढी देशमा निर्यात भइरहेको स्काईवेलले विश्व बजारमा मजबुत उपस्थिति जनाइसकेको छ। कम्पनीका जनरल म्यानेजर थोमस झुका अनुसार, उच्च आर्थिक सुरक्षा, उत्कृष्ट अनुसन्धान र प्रविधि विकासका साथ उत्पादित स्काईवेल गाडीहरूले विश्वव्यापी रूपमा प्रभावशाली स्थान हासिल गरिसकेका छन्।

इटहरीका लागि स्काईवेलको आधिकारिक विक्रेता जि मोटर्स प्रा.लि. का प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले देशका प्रतिष्ठित ग्राहकहरूलाई लक्षित गरी स्काईवेल गाडी उपलब्ध गराउने बताए। उनले भने, ‘हाम्रा ग्राहकहरू अब जर्मन ब्रान्डका गाडी थन्क्याएर वातावरणमैत्री स्काईवेललाई रोज्दै हुनुहुन्छ।’ साथै, उनले ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै उत्कृष्ट सेवा प्रदान गरिने प्रतिबद्धता जनाए।

स्काईवेलका विद्युतीय एसयूभीहरू नेपाली बजारमा प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध छन्। सुरुवाती भेरियन्टको ४१० किलोमिटर रेन्ज भएको एसयूभीको मूल्य ७९ लाख ९० हजार रुपैयाँ तोकिएको छ, भने उच्च भेरियन्टको मूल्य १ करोड १५ लाख रुपैयाँसम्म पुग्ने बताइएको छ।

 

Featured News

Advertisement