आईतवार ६, बैशाख २०८३ Sun,19 Apr 2026

सर्वाधिकार सुरक्षित

इटहरी आगलागी घटना : ९ वटा वारूणयन्त्र परिचालन , ७ घण्टा पछि नियन्त्रणमा ,११ जनाकाे उद्धार



18:54 बुधबार १२ , चैत्र २०८१

इटहरी । इटहरीको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजामा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा आएको छ।इटहरीको सबैभन्दा अग्लो १० तले भवनमा बिहान साढे ९ बजेदेखी आगलागी भएको थियो । प्लाजाको पाँचौं र छैटौं तलामा बिहान साढे ९ बजेदेखि लागेको आगलागी ६ घण्टापछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरिक्षक योगराज खतिवडाले जानकारी दिए ।

आगलागी नियन्त्रणका लागि झापा, मोरङ र सुनसरीका विभिन्न स्थानीय तहका ९ वटा  दमकल प्रयोग गरिएको थियो । यस्तै नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी गरी ३ सय ५० जनाभन्दा बढी सुरक्षाकर्मी खटिएका थिए । आगलागी भएपछि उक्त भवनमा फसेका ११ जनाको उद्धार गरिएको थियो।

प्लाजाको बिभिन्न तलामा फसेका ८ पुरुष र तीन महिला गरी ११ जनाको सकुशल उद्धार गरिएको थियो । तीन जनाको काठमाडौंबाट आएको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । आगलागी भएको भवनमा होटेल, सिनेमा हल, बैङ्क, सुपर मार्केट, कपडाका पसल, मोबाइल तथा इलेकट्रोनिक्स ठूला पसलहरू सञ्चालनमा रहेका छन् । आगलागीको कारण भने खुल्न नसकेको र क्षतिको बिवरण संकलन भइरहेको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

Featured News

Advertisement