आईतवार ६, बैशाख २०८३ Sun,19 Apr 2026

सर्वाधिकार सुरक्षित

मुख्यमन्त्री अनुगमनमा आएको देखेपछि बिरामी छाडेर भागे अस्पताल सञ्चालक



13:59 आईतवार १६ , चैत्र २०८१

सिरहा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिरहाको व्यापारिक बजार मिर्चैयामा सञ्चालित अस्पताल तथा पूर्व–पश्चिम राजमार्ग केन्द्रित होटलको अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन भएका छ । सिद्धकामना हस्पिटलका दुई कर्मचारीलाई पक्राउ गरिएको छ । अनुगमन टोली देखेपछि अस्पताल भर्ना भएका बिरामी छोडेर उनीहरू भागेका थिए । यसैगरी, अनुगमन टोलीले मिर्चैयास्थित कटारी चोकमा सञ्चालित मुङ्गेरिया स्वीट्स एन्ड चाट हाउस सिल गरेको छ । अखाद्य तथा कुहिएका वस्तु प्रयोग गरिएको र जथाभावी फोहरमैला भेटिएपछि चाट हाउस गरिएको हो ।

मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहसहितको टोलीले मिर्चेयामा १४ वटा निजी अस्पताल तथा पोलिक्लिनिकको अनुगमन गरेका छन् । तीमध्ये सेवा सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका १३ अस्पताल तथा पोलिक्लिनिकलाई बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।

बन्द गर्न निर्देशन दिइएका अस्पतालमा समित माउन्ट हस्पिटल प्रालि, एस जेके पोलिक्लिनिक, मंगलम हेल्थ केयर सेन्टर(पोलिक्लिनक), सिद्धकामना हस्पिटल प्रालि, शान्ति हेल्थ केयर प्रालि, बाल संसार हेल्थ केयर प्रालि, राम ओरल एण्ड डेन्टल क्लिनक, रेखा नर्सिङ होम, मिथिला चश्माघर आँखा उपचार केन्द्र, बालकल्याण हेल्थ केयर प्रालि, विष्णु पोलिक्लिनिक, लक्ष्मी हेल्थ केयर प्रालि र लाइफलाइन क्लिनिक छन् ।

मिर्चेया नगरपालिकाबाट १५ बेडको सेवा सञ्चालन अनुमति लिएको मनकामना मिड इस्टर्न अस्पतालमा मापदण्ड पुरा नगरी २५ शैंयाभन्दा बढीको अस्पतालमा उपलब्ध हुने सेवा सञ्चालन भइरहेकाले १५ दिनभित्र अनुगमन गराई मापदण्डअनुसार सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ ।

Featured News

Advertisement