शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

छविलाई कारागार पठाउने जिल्ला अदालतको आदेश उच्चबाट सदर



20:01 शुक्रबार २१ , चैत्र २०८१

इटहरी । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा पूर्वडीआईजी छविलाल जोशीबारे जिल्ला अदालतले गरेकै आदेश उच्च अदालतबाट सदर भएको छ।उच्च अदालत, तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाकै आदेश सदर गरेको हो। जिल्ला अदालत रुपन्देहीले छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

त्यसविरुद्ध परेको छविको निवेदनमा बिहीबार नै सुनुवाइ सुरु भए पनि बहस नसकिएपछि शुक्रबारलाई हेर्दाहेर्दैमा राखिएको थियो। शुक्रबार साँझ अदालतले यस्तो आदेश गरेको हो। सुप्रिम सहकारी ठगी प्रकरणमा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले छविलाल जोशीलाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो। जोशी कारागारमा छन्।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले पूर्वडीआइजी जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

Featured News

Advertisement