शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

आन्दोलनरत शिक्षकबारे प्रधानमन्त्री : दुःख नपाए हुन्छ, सरकारले आवाज सुन्छ



17:04 शनिबार २२ , चैत्र २०८१

इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शिक्षकहरूका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।आज (शनिबार) थाइल्याण्डको औपचारिक भ्रमण सेकर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन् । उनले शिक्षकहरू अहिलेको सरकासँग विश्वास गरेर र यो सरकारले आफ्ना आवाज सुन्छ भनेर प्रदर्शनमा आएको भन्दै धन्यवाद दिए ।

उनले पहिलाको सरकारमा आन्दोलन नगर्नुको कारण सरकरले जति आन्दोलन गरे पनि नसुन्ने र अहिलेको सरकारले आफूहरूका माग पूरा गर्ने ठानेर प्रदर्शनमा आएको जिकिर गरे । उनले सरकार शिक्षक विरोधी नभएको र शिक्षकहरू पनि सरकार विरोधी नभएको उल्लेख गर्दै मागहरू परस्परमा बसेर छलफलबाट टुंग्याइने बताए । प्रधानमन्त्री ओलीले काठमाडौँमा आएर प्रदर्शनको दुःख नगर्न आग्रह गर्दै सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाए ।

Featured News

Advertisement