शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

स्वर्णिमसँग रवि : के-के न बित्यो जसरी ल्याए, दालभात खुवाएर राखेका छन्



17:07 शनिबार २२ , चैत्र २०८१

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो पार्टी सभापति रवि लामिछानेले गएराति जिल्ला प्रहरी परिसर काठमाडौंको बसाइबारे शनिबार आफूलाई जानकारी गराएको बताएका छन् ।चितवनको भरतपुरमा आयोजित पार्टीको जनयात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले आज (शनिबार) बिहान भैरहवा लानुअघि रविसँग भेट भएको जानकारी गराए ।

सो भेटका क्रममा लामिछानेले आफूलाई भनेको कुराबारे पनि उनले खुलाए ।‘आज बिहान जाँदैगर्दा पनि रविजीसँग मेरो कुरा भएको थियो । उहाँले भन्नुभयो– हेर्नुस् न स्वर्णिमजी, हिजो के के न बित्यो भनेर मलाई यहाँ ल्याए,’ लामिछानेको भनाइ उद्धृत गर्दै वाग्लेले भने,‘अहिले यहाँ दालभात खुवाएर राखेका छन् । आज पनि बिदा भोलि पनि बिदा छ ।’

लामिछानेलाई शनिबार साँझ प्रहरीको टोलीले धरपकड गरेर पक्राउ गरेको भन्दै उनले भने, ‘सारा कानुनी राजको धज्जी उठडाइएको छ भन्ने आज प्रमाणित भएको छ ।’अहिले आफ्नो पार्टीलाई सरकारले प्रहार गरिरहेको उनले बताए ।

Featured News

Advertisement