शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

नेकपा माओवादी (विप्लव) की पोलिटब्युरो सदस्य उमा भूजेल प्रकाउ , को हुन उमा भूजेल ?



13:00 बुधबार २१ , जेष्ठ २०७७

जेठ २१, इटहरी ।


पूर्व सभासद तथा नेकपा माओवादी (विप्लव) की पोलिटब्युरो सदस्य उमा भूजेल आज कैलालीबाट पक्राउ पर्नुभएको छ ।
वहाँलाई गोरखा जिल्ला प्रहरी कार्यालय पठाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार भुजेलमाथि सार्वजनिक शान्ति विरुद्धको मुद्धा पहिले नै दर्ता भइसकेको छ ।
भुजेल २०७५ साल भदौँ १२ गते काठमाण्डौँमा प्रकाउ पर्नुभएको थियो । पछि आदलतको आदेसले छुट्नुभएको थियो । पून भदौँ २२ गते पक्राउ पर्नुभएको थियो । २०७६ पुस १२ गते सुनसरीको भरौलबाट पनि चारजना सहकर्मीहरुसँगै प्रकाउँ पर्नुभएको थियो ।


को हुन उमा भुजेल ?


उमा भुजेलको जन्म २१ अक्टोबर १९७९ मा हंसपुर गोरखामा भएको हो ।
उमालाई माओवादी द्वन्दकालमा तत्कालिन सरकारले २०५६ सालमा प्रकाउ गरी गोरखा जेलमा राखेको थियो । भुजेलकै नेतृत्वमा २०५७ साल चैत १७ गते राति जेल ब्रेक गरी राजनैतिक वन्दिहरु फरार भएका थिए । भुजेलसँगै कमला नहर्की (सपना), सञ्जु अर्याल, मिना मरहठ्ठा, एञ्जिला विश्वकर्मा र रीता विश्वकर्मा गरी ६ जना फरार हुनुभएको थियो । झापा आन्दोलनका सीपी मैनालीहरुले पनि चैत १७ गते नै जेल ब्रेक गर्नुभएको थियो ।
भुजेलको जेल ब्रेक सम्बन्धि संस्मरण समेटिएको ‘बन्द पर्खालदेखि खुला आकास सम्म’ पुस्तक प्रकाशित भएको छ ।
पहिलो सम्बिधानसभामा समानुपातिक मार्फत वहाँ नेकपा माओवादीको तर्फबाट सभासद हुनुभएको थियो ।
वि.सं. २०४८ सालबाट विधार्थी राजनीतिमा आवद्ध भएर वहाँ राजनीतिमा सक्रिय रहनुभएको थियो । २०५३ सालमा माओवादीको जिल्ला सदस्य, सचिव र इन्चार्ज हुँदै ६० सालमा केन्द्रिय सदस्य समेत वन्नुभयो ।
युद्धकालमा ब्रिगेड कमाण्डर समेतको जिम्मेवारी ग्रहण गर्नुभयो । दुइ दर्जनभन्दा वढि मोर्चामा सहभागि भएर लड्नुभयो ।
जनयुद्धकै क्रममा उहाँका श्रीमान् भिमसेन पोखरेलको २०५६ सालमा मृत्यु भयो । माओवादीका वैकल्पिक पोलिटब्युरो सदस्य सुरेस वाग्लेसँगै पोखरेलको हत्या गरिएको थियो । पछि वहाँले बसन्तकुमार श्रेष्ठसँग पून विवाह गर्नुभयो ।
उमाले आइए सम्मको औपचारिक अध्यन गर्नुभएको छ ।
२०६९ असारमा एकिकृत माओवादी पार्टी फुटेपछि उमा पनि बैधहरुसँगै जानुभयो । बैधसँगपनि विप्लवको कुरा नमिलेपछि २०७१ मंसिर ८ गते विप्लवले आफ्नै नेतृत्वमा पार्टी गठन गरि भूमिगत हुनुभयो । भुजेलपनि विप्लवकै पार्टीमा जानुभयो ।


२०७५ फागुन २८ देखि नेकपाकै सरकारले विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएको छ ।

 

Featured News

Advertisement