इटहरीमा रुकुम घटनामा मारिएकाहरुप्रति श्रद्धान्जली सभा।
जेठ २२, इटहरी ।
१४ औं जातिय भेदभाव तथा छुवाछूत मुक्त राष्ट्र घोषणा को सन्दर्भमा सुनसरी जिल्लाका स्थानिय तहहरुमा संयुक्त दलित संघर्ष समितिले रुकुमका नवराज बिक र शुस्मा मल्ल बिचको अन्तर्जातिय प्रेम बिवाहका कारण भएको नरसंहारका बिषयमा बिरोध तथा श्रद्धाञ्जली सभाको आयोजना गरेका छन । दलित मुक्ती मोर्चा एक नं प्रदेशका इन्चार्ज तथा सम्बिधान सभा सदस्य अनिता परियार को नेतृत्वमा इटहरीका मानवअधिकारकर्मी,बुद्दिजिबी,राजनितिकर्मी,युवा,बिध्यार्थी , दलित अधिकारकर्मी साथै दलित तथा दलितमैत्री गैरदलित सामाजिक अभियन्ताहरुले रुकुम हत्याकाण्डमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
वुधबार साँझ अधिकारकर्मी तथा अभियन्ताहरुले इटहरी चोकमा श्रद्धाञ्जली सभा गर्नुका साथै दीप प्रज्वलन गरी उनीहरुप्रति श्रद्धाञ्जली दिए ।
यही जेठ १० गते जाजरकोटबाट आफ्नी प्रेमिकाले आफुलाइ अन्तै बिवाह गरिदिन लागेको कारण मलाइ लिन आउनु र पहिले पनि हामिलाइ छुटाउन माइतिपक्षकाले प्रहरी सम्म पुर्याएको तथा पटकपटक दलित सङ प्रेम गरेको कारण अबरोध गरेकाले एक्लै नआउनु साथिहरु लिएर आउनु केही परिहाल्यो भने साथिहरुको मद्दत हुन्छ भनेर शुस्मा मल्लले बोलाएको हुनाले उनिहरुमाथी मल्ल परिवार स्थानियबासी हरुले स्थानिय वडाअधक्ष सहितको योजनाबद्ध ढंगले नवराज विक र उनका साथीहरुलाई हत्या गरेका थिए । यही जेठ १० गते ज्यान गुमाएका नवराज विकसहित पीडित परिवारलाई न्याय दिलाउन देशभरका दलितहरु आन्दोलित भएका छन् ।
देश जातीय छुवाछुतमुक्त भएकै दिन सुनसरीको इटहरसहित, धरान र इनरुवामा उनीहरुप्रति श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ। इटहरीको सभालाई जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य पदम अधिकारी र अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य सपना परियारले सम्बोधन गरेका थिए । उनीहरुले देशमा छुवाछुत तथा जातीय भेदभावको अन्त्य हुनु पर्ने माग गरे । साथै रुकुम हत्याकाण्डका दोषीहरुलाई कानुनी दायरामा ल्याउनु पर्ने बताए। देशमा सबै ब्यबस्था परिवर्तन भएपनी सामाजिक सांस्कृतिक रुपान्तरण मा समाज अझै न्यून चेतमा रहेको तथा मृतकहरुलाइ साँस्कृतिक रुपान्तरणका सहिद घोषणा गर्नुपर्ने माग समेत गरेका छन । अब दिनहुजसो यस्ता आन्दोलन र अभियानहरु संचालन गरिने दलित अधिकारकर्मी अमर बराइलीले बताए । साथै दलित जन अधिकार मंच प्रदेश एक तथा साथी फाउण्डेशन नेपाल का अध्यक्ष शान्ति गजमेरले रुकुम हत्याकाण्डाको प्रतिरोधस्वरुप इटहरीमा निरन्तर रुपमा आन्दोलन हुने बताइन् ।






