शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

सिरहामा बन्दुक सहित २ जना पक्राउ



02:42 सोमबार २६ , जेष्ठ २०७७

महेश सिंह

जेठ २६, सिरहा  ।

सिरहामा भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन् ।  इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलिले दुवैजनालाई पक्राउ गरेको हो ।

 गोलबजार नगरपालिका ३ जम्दह कुपगैरी स्वास्थ्य चौकी नजिक बाट दुवैजना पक्राउ परेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिनु भयो । पक्राउ पर्नेमा गोलबाजार नगरपालिका ३ बस्ने ६९ वर्षीय कुलबहादुर पुर्वछाने र ६२ वर्षीय तीलक बहादुर थापा गरेका छ्न । उनीहरुको साथबाट लोड भएको भरुवा बन्दुक २ थान र छर्रा बारुद वरामद गरिएको छ ।  थप अनुसन्धान भइरहेको  इलाका प्रहरी कार्यालय गोलबजारका प्रवक्ता घिमिरेले जानकारी दिनु भयो ।

Featured News

Advertisement