बुधबार ३, कार्तिक २०७८ Wed,20 Oct 2021

सर्वाधिकार सुरक्षित

आत्महत्या ,जीवन र दायित्व : तनाव व्यास्थापन बारे परामर्श आवश्यक ।



14:07 मंगलवार २ , असार २०७७
  • सीएन गौतम 

आत्महत्या अपराध कि साहस ? :

बलिवूड फिल्म क्षेत्रका उदाउँदा नायक सुशान्त सिंह राजपूतले केही फिलिमको रिलमा  नायकको भूमिकामा रहेर समाजमा अपराध गर्नेलाई सजाय दिलाए तर रियलमा भने उनले आत्महत्या गरेर एक ठूलो अपराध गरे।मानिसले आत्महत्या गर्नु कारण समाजभित्र रहेका विभिन्न एकाइहरुका क्रियाकलापहरुका सम्बन्ध र अन्तरसम्बध नै हो।
आत्महत्यालाई कहिले पनि साहसिक कार्यसँग कदापी तुलना गर्न मिल्दैन। यसले समाजमा विचलन स्थिती खडा गर्छ।एक जनाले आत्महत्या गर्दा ऊ मात्र मर्दैन सँगसँगै उसले  सामाजिक आर्थिक ,राजनितिक लगायतमा नै गहिरो असर पार्छ।

आत्महत्याको प्रकार :
कसैले आत्महत्या गरेपछि हामी यो सोच्दछौँ  कि उसले आत्महत्या किन गर्‍यो होला?अथवा के कारण थियो होला ?यसबारे धेरैको अड्कलबाजी हुनेगर्छ ।समाजशास्त्री इमाइल दुर्खिमले आफ्नो पुस्तक "SUICIDE"मा आत्माहत्यालाई (१)अहम् ,(२)परोपकारवादी ,(३)मूल्यहिन र (४)घातक गरी चार प्रकारका आत्महत्या हुन्छ भनी विचार प्रकट गरेका छन ।

१.अहमवादी - काठमाण्डौ पूर्व जिल्ला न्यायधिश भरत राज उप्रेती ,लेखक भरत भुर्तेल , कलाकारहरु श्रृषा कार्की , आलोक नेम्बाङ , ज्योति खड्का र अहिले भर्खरै आत्महत्या गरेका बलिवूड नायक सुशान्त सिंह राजपूतको  को आत्महत्या हेर्दा अहम् वादी जस्तो देखिन्छ किन कि यसमा आफूले पाएको ठाउँ सुरक्षित राख्न  नसक्दा,काम गरे अनुसारको पुरस्कर वा सम्मान पाउन नसक्दा  या  प्रतिष्पर्धामा आफ्नो कमजोरी हुँदा वा कसैले जानीबुझिकन उसको सफलतामा तगारो बन्दा आत्महत्या गरेको देखिन्छ ।कलाकार,लेखक,खेलाडी,पत्रकार ,वकिल,उद्योगपतिले आदिले यस्तो आत्महत्या गरेको देखिन्छ।

२.परोपकारी - ठुलो रोग लाग्नु ,धेरै खर्च हुँदा निको हुने सम्भावना काम हुनु या त आफूलाई परिवारमा नहुँदा राम्रो हुन्छ भन्ने मनशायबाट गरिने आत्महत्या पाराेपकारवादी हो ।

३.मूल्यहीन - घरमा केही नभनी ,कसैसँग केही नगरी  ,सुसाइड नोट समेत नलेखी एकाएक गरिने आत्महत्या मूल्यहिन हो ।

४.घातक -अराजक गतिविधी गर्ने बिद्रोही समुह , तालिबान लडाकु , आइएस जस्ता आतङकवादी संगठनले गर्ने आत्मघाती आक्रमण घातक आत्महत्या भित्र पर्छन् ।

आत्महत्याबारे सामाजिक दृष्टिकोण :

आत्महत्या गर्नेलाई समाजले लाछी,कायर ,हुतिहारा आदिले सम्बोधन गर्छ किनकी मानिस भएर जन्मेपछि  उसले बाजुन्जेल संघर्स गरिरहनुपर्छ।आफ्नो विवेकको प्रयोगले जस्तोसुकै कठीन ,अप्ठ्यारा र समस्याहरुलाई समाधान गर्न सक्ने खुबी राख्छ।त समाजमा जतिसुकै इज्जत , प्रतिस्ठा र सम्मान प्राप्त गरेको  परिवार भएपनि आत्महत्या गर्नेको परिवारलाई त्यति सकारात्मक रुपमा हेरेको पाइदैन । परिवारले किन सम्झाउन सकेन भन्ने प्रश्न खडा हुन्छ।अर्को के पनि बुझिन्छ भने  त्यस परिवारमा उसको ठाउँलाई महत्त्वपूर्ण स्थान दिएको छैन । प्रेममा धोका ,पढाइमा असफल ,जागिरमा अयोग्य ,जीवन सोचेको भन्दा फरक भयो भने मान्छेले आत्महत्या गर्छ्न्  भन्ने अनुमान लगाइन्छ तर त्यस्ता अनुमानहरु पनि कहिलेकाही गलत साबित हुने गरेका छन्। 

मृत्युको महत्व :
असफल हुँदैमा जीवन सकिदैन।मृत्युु त शाश्वत छ। मान्छे मृत्युको रजिस्ट्रारमा साइन गरेर जन्म लिन्छ। त्यसो भए  जानीजानी किन मर्ने?अर्को कुरा जुनसुकै धर्मको सारले आफू बाँच्ने र अरुलाई बचाउने वातावरण बनाउन सिकाएको छ।विशेषगरि हिन्दू धर्ममा विश्वास राख्नेले जन्म र मृत्युको महत्व धेरै बुझेको हुनुपर्छ ।तनाव व्यवस्थापन गर्नेबारे पनि हिन्दू दर्शनमा प्रशस्त कुरा प्राप्त हुन्छन्  ।

इच्छामरणको अधिकार :
कतिपय देशहरुमा प्राणघातक रोग लागेका, विकलाङ्ग र इच्छा मरण राख्नेहरुका लागि सुनुवाइ हुने गरेको छ भन्ने सुनिन्छ।त्यो नेपालमा पनि लागू हुन्छ होला बिस्तारै ।तर नेपालमा आत्महत्या एक गम्भीर अपराध नै मानिन्छ। आत्महत्या गर्न कसैको दुरुत्साहन गरेर  सुसाइड नोट छोडे पनि त्यसको खासै सुनुवाई हुँदैन।  बरु परिवारले एक सदस्य गुमाइसकेको हुन्छ दोषीले अपराध भोगे पनि मरेर जाने फर्केर आउँदैन।

निश्कर्ष :
आत्महत्यालाई कसरी रोक्न सकिन्छ ? कसरी निरुत्साही पार्न सकिन्छ ?आत्महत्याको महत्त्वपूर्ण कारणहरु बारे हामीले यसअघिको अात्महत्या अध्यन गरेर कसरी रोक्न सकिन्छ भन्ने बारे गहन अध्ययन गर्नुपर्छ। तनाव व्यास्थापन बारे परामर्श दिनुपर्छ। डिप्रेसन रहेकाहरुको पहिचान गरि जीवनको मूल्य र सामाजिक दायित्वबारे बोध गराउन सक्नुपर्छ।