राष्ट्रपतिद्वारा संविधान संशोधन विधेयक प्रमाणीकरण ।
14:33
बिहीबार
४ ,
असार
२०७७
NepalBit
976
असार ४ गते, काठमाडाैं ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७“ नेपालको संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७“ नेपालको संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम उहाँले प्रमाणीकरण गर्नुभएको हाे । याे सँगै नेपालका नयाँ नक्साले संवैधानिक मान्यता पाएकाे छ ।






