बिहीबार २०, बैशाख २०८१ Thu,02 May 2024

सर्वाधिकार सुरक्षित

शास्त्र मुताबिक सङ्गित सिक्ने वातावरण आउने पुस्ताका निम्ति निर्माण गर्नुपर्छ – राजु केसी



14:14 शुक्रबार १४ , फाल्गुन २०७७

जतिवेला भेट्दा पनि मुसुक्क हाँस्ने संगितकर्मी राजु केसी विगत ३ दशकदेखि निरन्तर संगितमा रमाइरहनुभएको छ । 
विद्यालय तहदेखि नै संगितको औपचारिक शिक्षा हुनसके मात्र नेपाली संगितको विकास हुन सक्ने उहाँको धारणा छ । यसका लागि इटहरीबाटै शुरु गर्ने भनेर संगित साधना प्रतिष्ठानको स्थापना गर्न लाग्नुभयो । प्रतिष्ठानबाट अब चाँडै औपचारिक शिक्षा शुरु हुने पनि उहाँले जानकारी दिनुभएको छ । 
संगित साधना प्रतिष्ठानका महासचिव संगितका साधक राजु केसीसँग नेपालबिटका संवाददाता अविशेक खतिवडा र जीवन निरौलाले छोटो कुराकानी गर्नुभएको छ ।

१. अघिल्लो हप्ता तपाईँ धरणीधर दाहाल स्मृति पुरस्कार–२०७७ बाट सम्मानित हुनुभयो । कस्तो महसुस भयो ?
धरणीधर दाहाल मेरो बाल्यकालदेखि कै प्रेरणको स्रोत हुनुहुन्थ्यो । उहाँकै नाममा स्थापित पुरस्कार पाउनु आफैँमा गौरवपुर्ण कुरा हो र मलाई स्वभाविक रुपमै गौरवान्वित भएको महशुस भएको छ । साथै, आफुँमा अझ जिम्मेवारी थपिएको महशुस पनि भएको छ ।
२. सङ्गित क्षेत्रमा जीवनका कति वसन्त लगानी गरिसक्नुभयो ? 
गीत गाउने, प्रशिक्षण गर्ने कार्यमा निक्कै अघिबाट लाग्या हुँ । समयकै हिसाबमा हेर्ने हो भने विगत तीन दशकबाट आवद्ध छु । जुन कामलाई सङ्गित साधना प्रतिष्ठान नेपाल, इटहरी–२ आँपगाछीबाट निरन्तरता दिइनै रहेको छु ।
३. तपाईँलाई के कुराले प्रेरित गर्यो र यसरी सङ्गितको लयमा वगिरहनुभएको छ ?
सङ्गित सबैलाई मन पर्ने विषय हो । धेरैको सङ्गितमा केही गरौँ भन्ने रहर हुन्छ । त्यो रहर ममा पनि थियो । म पहिले मामाघरमा बस्थेँ । माइजु सूर्य केशरी कार्की हारमोनियम बजाउनु हुन्थ्यो । उहाँले बजाएको देखेर सानैमा मलाई पनि हारमोनियम बजाउन मन लाग्थ्यो । समयसँगै सिक्दै गएँ । त्यसपछि अरु बाध्यबाजातर्फ पनि रुचि बढ्यो र सिक्दै पनि गएँ । पछि–पछि कार्यक्रमहरु पनि गर्न थालेँ, सहभागि हुन थालेँ, गाउँदै जाँदा, बजाउँदै जाँदा सङ्गित छुट्टै पाठ्यक्रम हुन्छ भन्ने चाल पाएँ र त्यही अनुसार सिक्दै जाँदा अहिले यो स्थानमा छु ।
४. सङ्गित यात्राको शुरुवातमा घर परिवारबाट के–कस्ता व्यवहार भए ?
नेपाली समाजमा अहिले पनि सङ्गित अथवा खेल क्षेत्रमा लागेको मान्छे विग्रिन्छ भन्ने मनोनिज्ञान छ । हाम्रा अभिभावक आफ्ना सन्तानले पढाइमा नै राम्रो गरिदिए हुन्थ्यो भन्ने चाहनुहुन्छ । मेरो शुरुवातमा पनि यस्तै भयो । तर, यस विरुद्ध ज्याजति भने भएन ।
५. सङ्गितको निरन्तरतामा रहँदा सङ्घर्षका पहाडहरु पनि पार गर्नुपर्यो होला ?
म इटहरीमै जन्मिएको मान्छे हुँ । सानैबाट त्यस्तो अभाव भएको थिएन । हामीले बजाउने बाजा हामीसँगै हुन्थेँ । तर, बाजा बजाउने मात्र भन्दा पनि यसलाई स्तरिय शैक्षिक प्रतिष्ठानको स्थापना गरेर अर्को आयाम थपौँ न भन्दा चाँहि कसरी गर्ने भन्ने कुराको चुनौती चाँहि आएकै हो । तर, पनि उक्त चुनौति पनि हामीले पार गर्यौँ ।
६. अबका पिडिहरुलाई सङ्गित क्षेत्रमा आउन कसरी प्रेरित गर्न सकिन्छ ?
सङ्गित एउटा विज्ञान हो, दर्शन हो । सङ्गित एक हार्डवेयर हो, सफ्टवेयर भनेको तपाईँको जिम्मामा हो, कसरी प्रयोग गर्नुहुन्छ । यसको एउटा छुट्टै शास्त्र छ । शास्त्र मुताबिक सङ्गित सिक्ने वातावरण आउने पुस्ताका निम्ति निर्माण गर्नुपर्छ । जसबाट प्रतिभाशाली व्यक्तिहरुले समयमै लाभ लिन सकुन र अघि बढ्न सकुन् ।

७. सङ्गितको स्तर उन्नतिका लागि सङ्गितिज्ञको भुमिका कस्तो हुनुपर्छ ?
प्रमुखत ः हामीसँग सङ्गितको आ–आफ्नै परिभाषाहरु छन् । हामीले अबका पुस्तालाई सङ्गितको विभिन्न विद्या अन्र्तगतको सहि शिक्षा दिन आवश्यक छ । दुई–चार वटा गीत रेकर्ड गर्नु र गितमा बाजा भर्नु मात्र सङ्गित होइन् । सङ्गितको बिकास पाठ्यक्रम छ । यसैलाई मध्यनजर गर्दै वर्तमान सरकारले माध्यमिक शिक्षामा पनि प्रविधिक तथा व्यवसायिक धारमा कक्षा ९ देखि सङ्गितको शुरुवात गरेको छ । तर, उक्त विषय पठाउने विद्यालयको खाँचो छ । हामीले तिनै विद्यालयको संख्या थप्नु नै अहिलेको प्रमुख कुरा हो ।
८. कतिपय व्यक्तिहरु यस्ता पनि छन्, जोसँग संभावित प्रतिभा छ तर आर्थिक या अरु विभिन्न कारणले उनीहरु पछि नै छन् । त्यस्ता व्यक्तिहरुलाई कसरी अघि ल्याउन सकिन्छ ?
त्यस्ता सबै व्यक्तिहरुको पहिचान गर्न सक्ने श्रोत र साधन हामीकहाँ छैन । कोहीसँगै विशिष्ट प्रतिभा अन्र्तनिर्हित हुन्छ नै । उक्त प्रतिभालाई जोगाउने र हुर्काउने जिम्मा हामी सबैको साझा कर्तव्य हो । हामी सबैले उक्त प्रतिभाशाली व्यक्तिलाई अघि ल्याउन पर्छ ।
९. सङ्गितप्रेमीहरुलाई केही भन्नुहुन्छ कि ?
आम मानिसलाई के भन्न चाहन्छु भने सङ्गित के हो र सङ्गित किन सिक्नुपर्छ भन्ने कुरा हामीले जान्न जरुरी छ । सङ्गित सिक्दै हुनुहुन्छ भने आफैँलाई प्रश्न गर्नुहोस्, ‘म किन सङ्गित सिक्दै छु ?’ टाइम पासको लागि हो कि ?, म एक राम्रो सङ्गितज्ञ नै बन्छु भनेर पो हो कि ? तपाईँ राम्रो सङ्गितज्ञ बन्छु भन्ने विचार राख्नुहुन्छ भने राम्रै गुरुलाई पछ्याउनुहोस् । राम्रै गरुबाट सिक्नुहोस् ।

 

Featured News

Advertisement