इटहरी र इनरुवामा एक हप्ते पत्रकारिता तालिम शुरु
२०७७ फागुन १७ गते, इटहरी ।
सोमबारदेखि इटहरी र इनरुवामा एक हप्ते आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । दक्ष र व्यवसायिक पत्रकार तयार गर्न नेपाल पत्रकार महासंघले भर्खरै पत्रकारितामा प्रवेश गरेकालाई तालिम दिएको हो । तालिम नेपाल पत्रकार महासंघ केन्द्रको आयोजना र जिल्ला शाखाको समन्वयमा भएको हो ।
नेपाल पत्रकार महासंघले नेपालले देशभरका ११ वटा जिल्लासँग समन्वय गरि तालिम गर्ने क्रममा सुनसरीको इटहरी र इनरुवाबाट सुरु गरेको नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय तालिम व्यवस्थापक संघर्ष पन्तले बताउनुभयो । सञ्चार गृहकै सिफारिस अनुसार तालिममा सहभागी गराइएको छ ।
तालिम उद्घाटनका क्रममा इटहरीमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धमेन्द्र झा र इनरुवामा जिल्ला समन्वय समितिका प्रमुख गोपालराज भण्डारी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ सुनसरी शाखा अध्यक्ष अमर खड्काको सभापत्विमा भएको थियो । तालिममा इटहरी र इनरुवामा गरि ४० जनाको सहभागिता रहेको जिल्ला नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयका तालिम प्रमुख हिरन्य जोशीले जानकारी दिनुभयो ।






