आईतवार ६, बैशाख २०८३ Sun,19 Apr 2026

सर्वाधिकार सुरक्षित

प्रेस संगठन (ओली समूह) ले सुनसरीका नगर कमिटिका इन्चार्ज र संयोजक तोक्यो



21:18 सोमबार १७ , फाल्गुन २०७७

२०७७ फागुन १७ गते, इटहरी ।
प्रेस संगठन (ओली समूह) सुनसरीले नगर कमिटिका इन्चार्ज र संयोजकहरु तोकेको छ । संगठनकोे आज धरानमा भएको जिल्ला भेलाले इन्चार्जसहित संयोजकहरुको चयन गरेको हो ।
संगठनका अनुसार धरान उप–महानगरपालिकाको इन्चार्जमा दामोदर गुरागाईँ, सह–इन्चार्जमा रोशन दहाल, संयोजकमा केदार बस्नेत र सह–संयोजकमा बसन्त बान्तवालाई चयन गरेको छ ।
यसैगरी इटहरी उप–महानगरपालिकाको इन्चार्जमा सुभद्रा प्याकुरेल, संयोजकमा त्रिलोचन पौडेल र सह–संयोजकमा रेवती निरौलालाई जिम्मेवारी तोकेको छ ।
वराह नगरपालिकाको इन्चार्जमा विजयकुमार राई, सह–इन्चार्जमा कृष्ण भट्टराई, संयोजकमा विमला घिमिरे र सह–संयोजकमा प्रदिप कुमार चौधरीले जिम्मेवारी पाउनुभएको छ ।

 

Featured News

Advertisement