प्रेस संगठन (प्रचण्ड–माधव) समूहले प्रदेश १ का जिल्ला संयोजकहरु चयन गर्यो
21:48
सोमबार
१७ ,
फाल्गुन
२०७७
NepalBit
988
२०७७ फागुन १७ गते, इटहरी ।
प्रेस संगठन प्रदेश नम्बर १ (प्रचण्ड–माधव) समूहले प्रदेशका १४ जिल्लाका संयोजक, सह–संयोजक र सचिवको चयन गरेको छ ।
प्रदेश कमिटिका संयोजक देवेन्द्र कार्की र सचिव सुजन तिम्सिनाको संयुक्त हस्ताक्षरमा जारी भएको विज्ञप्तीमा सो जानकारी दिइएको छ ।
विज्ञप्तीका अनुसार संयोजकहरुमा कमल प्रसाद भट्टराई (ताप्लेजुङ), गणेस साम्पाङ –पाँचथर), रमेश पराजुली (इलाम), सुब्रत न्यौपाने (झापा), धुब्र भट्टराई (मोरङ), अर्जुन शर्मा (सुनसरी), इश्वर कुमार तामाङ (उदयपुर), राजन राई (भोजपुर), सुर्य तामाङ (खोटाङ), अनिश विष्ट (संखुवासभा), इश्वर थापा (धनकुटा), कृष्ण विदुखी (तेह्रथुम), मनोज घट्टराई (ओखलढुङा) र भोजराज कार्की (सोलुखुम्बु) चयन हुनुभएको छ ।







