आईतवार ६, बैशाख २०८३ Sun,19 Apr 2026

सर्वाधिकार सुरक्षित

स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री बामदेव निवासमा



21:11 शुक्रबार २१ , फाल्गुन २०७७

२०७७ फागुन २१ गते, काठमाण्डौं ।

प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको स्वास्थ्य अवस्था बुझ्नुभएको छ ।

उहाँले गौतमको निवास भैँसेपाटी पुगी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले बताउनुभयो । प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहाकार विष्णु रिमालसमेत पुग्नुभएको थियो ।

गौतमका स्वकीय सचिव दीपक टमटका अनुसार केहीदिन अघि घरभित्र लडेर उहाँलाई सामान्य चोटपटक लागेको थियो ।

gorkhapatraonline.com

Featured News

Advertisement