सामाजिक विषयका शिक्षकहरुको १० दिने पेसागत बिकास तालिमको समापन
सुमन बिकल
२०७७ फागुन २३, सुनसरी
सामाजिक विषयका शिक्षकहरुको १० दिने पेसागत बिकास अनलाइन तालिम आज बाट समापन भएको छ ।
शिक्षा तालिम केन्द्र , सुनसरी , प्रदेश नम्बर –१ ले अनलाइन मार्फत तालिम गरेको हो । तालिममा प्रदेश नम्बर –१ का २८ जना आधारभूत तह (कक्षा ६–८) का समाजिक बिषयका शिक्षकहरुको सहभागिता रहेको थियो ।
उक्त समापन कार्यक्रममा शिक्षा तालिम केन्द्रका प्रमुख सुर्यराज घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो भने तालिममा प्रशिक्षकका रुपमा भुदेब झा र दिलिप कुमार मेहता रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि सुर्यराज घिमिरेले सहभागी हरुलाई बधाई ज्ञापन गर्नु भएको थियो भने प्रशिक्षक भुदेब झाले सम्पुर्ण प्रशिक्षक ईन्दिरा कटुवाल, सन्तोष पोखरेल,लोक बहादुर श्रीपाली, प्रमोद भण्डारी लाई सम्झिदै यो समूह अहिले सम्मकै सबै भन्दा रमाइलो भएको बताउनु भएको थियो । त्यसैगरी आजको सेसनमा हाउस क्याप्टेनका रुपमा झापाका शिक्षक बिष्णु प्रसाद पौडेल , रिपोर्टरमा सुनसरी धरानका शिक्षक रबिन थापा, मनोरञ्जनकर्तामा तेह्रथुमका शिक्षक कृष्ण कुमार मोक्तान साथै समय सुचकका रुपमा सुनसरी धरानका शिक्षक महेन्द्र प्रसाद भट्टराई र कार्यक्रम संचालकमा सुनसरी बराहक्षेत्रका शिक्षक हरिनारायण भट्टराई रहनु भएको तालिममा सहभागी झापाका शिक्षक लालमणि कट्टेल जानकारी दिनु भएको छ ।






