आईतवार ६, बैशाख २०८३ Sun,19 Apr 2026

सर्वाधिकार सुरक्षित

मकै पोल्ने व्यवसायी महिलाहरुलाई लायन्स क्लब अफ इटहरी एक्टीभद्वारा विभिन्न सामग्री प्रदान



08:51 मंगलवार २५ , फाल्गुन २०७७

२०७७ फागुन २५ गते, इटहरी ।
मकै पोल्ने व्यवसायी महिलाहरुलाई लायन्स क्लब अफ इटहरी एक्टीभले विभिन्न आवश्यक सामग्री प्रदान गरेको छ । 
इटहरी चौक, तरहरा र खनारमा मकै पोल्ने १० जना व्यवसायी महिलाहरुलाई दोसल्ला ओडाएर सम्मान गर्दै मकै पोल्न आवश्यक पर्ने सामग्री वितरण गरिएको क्लबकी अध्यक्ष रञ्जु सिग्देलले जानकारी दिनुभयो । वहाँका अनुसार तगारी, छाता, ट्रे, मुढा, चिम्टा प्रदान गरिएको छ । सोमबार वितरण गरिएका सामग्री क्लबका सदस्य राजन बानियाँले आफ्नो जन्मदिनको अवसरमा क्लबलाई स्पोन्सर गर्नुभएको हो ।

 

Featured News

Advertisement