एमाले र माओवादी साविककै अवस्थामा फर्किएको निर्वाचन आयोगको निर्णय
२०७७ फागुन २५ गते, काठमाण्डौं ।
निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेश अनुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी ) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रलाई ) अलग अलग रुपमा साविककै दलका रुपमा रहेको जानकारी गराउने निर्णय गरेको छ ।
यसअघि आयोगमा सन्ध्या तिवारीको अध्यक्षतामा रहेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी ) र गोपाल किराँतीको नाममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रलाई) लाई भने पार्टीको नाम संशाेधन गर्न पत्राचार गर्ने निर्णय गरेको छ ।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको नाम विवादका विषयमा गरेको उत्प्रेषणको आदेशपछि आयोगको आज बसेको बैठकले सो निर्णय गरेको हो । दुबै दल एकीकरण हुने भए १५ दिनभित्र नियमानुसार प्रक्रिया पूरा गरी आउन आयोगले पत्राचार गर्ने निर्णयसमेत गरेको छ ।






