आईतवार ६, बैशाख २०८३ Sun,19 Apr 2026

सर्वाधिकार सुरक्षित

ओलीको निर्णय नमान्ने, समानान्तर कमिटी गठन गर्ने नेपाल–खनाल समूहको घोषणा



20:51 शुक्रबार २८ , फाल्गुन २०७७

२०७७ फागुन २८ गते, काठमाण्डौं ।
झलनाथ खनाल र माधव नेपाल समूहले केपी ओलीको एकलौटी निर्णय नमान्ने भएको छ । एमालेभित्र समानान्तर कमिटी गठन गर्ने निर्णय गरेको स्थायि समिति सदस्य वेदुराम भुषालले जानकारी दिनुभयो । समानान्तर कमिटीको घोषणा चैत ४ गरिने तयारी रहेको पनि जानकारी दिनुभयो ।
आज साझँ आकस्मिक रुपमा वसेको स्थायी कमिटीको बैंठकले सो निर्णय गरेको हो । आजै साझँ अध्यक्ष केपी शर्मा ओलीले सबैको जिम्मेवारी खारेज गर्दै आफ्ना समूहका नेताहरुलाई विभिन्न जिम्मेवारी दिनुभएको थियो ।
बानेश्वरस्थित होटेल अर्यालमा बसेको बैठकले विधान विपरित आएको केपी ओलीको निर्णय मान्न नसकिने भन्दै अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्ने निश्कर्ष निकालेको छ ।
नेता घनश्याम भुषालले ओलीले गरेको मूखर्तापूर्ण निर्णय आफुँहरुले नमान्ने प्रतिक्रिया दिनुभएको छ ।

 

Featured News

Advertisement