एमालेमा विवाद चकर्दै, नेपाल–खनाल पक्षद्वारा समानान्तर कमिटी गठन शुरु
२०७७ फागुन २९ गते, काठमाण्डौं ।
नेकपा एमाले स्पष्ट रुपमा दुइ खेमामा बाडिएको छ । विवाद वढ्दै गएपछि आज शनिवार वसेको नेपाल–खनाल समूहको बैंठकले चैत्र ४ र ५ गतेका लागि राष्ट्रिय कार्यकता भेला वोलाएको छ । राष्ट्रिय भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख र तथा पार्टी पदाधिकारीसहितलाई वोलाउने निर्णय भएको नेता भीम रावलले जानकारी दिनुभएको छ ।
ओली खेमाले नेपाल–खनाल समूहका सदस्यहरुको पद खोसेपछी झन विवाद चर्किको हो । ओलीले एकलौटी बैंठक राखेर निर्णय गरेकाले आफूँहरुले नमान्ने नेपाल–खनाल पक्षले प्रतिक्रिया दिइसकेको छ । ओली पक्षले चैत्र ७ गतेलाई वोलाएको केन्द्रीय कमिटीको बैंठकमा आफूँहरु नजाने नेता माधव नेपालले प्रतिक्रिया दिनुभएको छ ।
शुक्रबार वसेको बैंठकले पार्टीभित्र समानान्तर कमिटी गठन गर्ने घोषण गरेको थियो । समानान्तर कमिटीको अभ्यास स्वरुप आज शनिबार प्रदेश र केही विभागहरुको नेतृत्व घोषणा गरिसकेको छ ।
आजै घोषणा गरेको प्रदेश संयोजकको जिम्मेवारीमा प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनी रकर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावललाई तोकेको छ ।
यसैगरी, युवा विभाग प्रमुखमा रघुजी पन्त, विधार्थी विभाग गोकर्ण विष्ट, प्रचार विभाग योगेश भट्टराई, महिला विभाग अष्टलक्ष्मी शाक्य र बुद्धिजिवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ ।






