आईतवार ६, बैशाख २०८३ Sun,19 Apr 2026

सर्वाधिकार सुरक्षित

लहान घटनाका गम्भिर घाइते भण्डारीलाई थप उपचारको लागि काठमाण्डौं लगियो



18:41 आईतवार १ , चैत्र २०७७

जीवछ यादव
२०७७ चैत १ गते, लहान ।

लहान–८ स्थित रहेको मालपोत कार्यालय लहान शाखामा तराई जनतान्त्रिक मोर्चा गोइत समूहले गराएको विष्फोटमा गम्भीर घाइते भएको धनगडी नगरपालिका–४ का ३० वर्षीय दिनेश भण्डारीको थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं लगिएको छ ।
जिल्ला प्रहरी प्रमुख उपरीक्षक सुदिप राज भण्डारीका अनुसार घाइते भण्डारीको थप उपचारको लागि नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठको विशेष पहलमा काठमाण्डौ लगिएको हो । बाँकी सात जनाको उपचार लहानस्थित रामकुमार उमा प्रसाद स्मारक अस्पताल र सप्तऋषि अस्पतालमा भइरहेको छ ।
सिसिटिभी क्यामरा समेत जडान रहेको मालपोत कार्यालयमा कार्यालय खुलेपछि बम राख्न सकिएको अनुमान गरिएको भएपनि घटनामा संलग्नहरुको पहिचान हुन नसकेको प्रहरी प्रमुख भण्डारीले जानकारी दिँदै तराई जनतान्त्रिक मुक्ति मोर्चाको दोश्रो तहको नेता राम विलास यादवले आइतवार दस बजे जिल्ला प्रशासन कार्यालय सिरहामा आत्मसम्पर्ण गरेकै दिन लहानमा विष्फोट हुनुले मोर्चाले आक्रोस पोखेको हुन सक्ने प्रहरीको अनुमान रहेको बताउनुभयो ।
दिनको एक बजेको समयमा सैवाग्राहीहरुको निकै चाप रहेको समयमा विष्फोट भएको कुकुर बममा मोबाइलबाट समय मिलाएर विष्फोट गराएको थियो । विष्फोटबाट मालपोत कार्यालय लहानका नायव सुब्बा शिव कुमार यादव, गोलबजार नगरपालिका–६ लक्ष्मी राना मगर,बेचनी मगर,गोलबजार–४ फूल कुमारी ठाकुर, लहान–१६ का लालबाबु विक,धनगडीमाई नगरपालिका –१३ का भोलाबहादुर मगर घाइते भएका छन् ।
मालपोत कार्यालय लहान शाखा रहेको भवनको दोश्रो ताला विष्फोटले चर्किएको छ । कार्यालयलाई जनपथ, सशस्त्र र नेपाली सेनाको टोलीले नियणत्रणमा लिएपछि अवस्था सामान्य बन्दै गएको छ ।

Featured News

Advertisement