इटहरीमा तीन जना पत्रकार र एक कर्मचारी सम्मानित
२०७७ चैत्र २ गते, इटहरी ।
सुनसरीका तीन जना पत्रकारलाई सोमवार इटहरीमा सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ सुनसरीले नगद सहित सम्मान गरेको हो । सम्मानित हुने पत्रकारहरुमा सुविद गुरागाई, गोपाल देवान र चेतन धमला रहनुभएको छ । महासंघकी कर्मचारी रश्मी प्रधानलाई समेत सम्मान गरिएको छ ।
स्व. गिरिजाप्रसाद कोइराला स्मृति पुरस्कारबाट नगद २५ हजार सहित सुविद गुरागाई र चेतन धमलालाई सम्मान गरिएको छ । यस्तै, चन्द्र–लक्ष्मी स्मृति सृजनशील पत्रकारिता पुरस्कारबाट पत्रकार गोपाल देवानलाई नगर ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिएको सुनसरी शाखाका अध्यक्ष अमर खड्काले जानकारी दिनुभएको छ ।
पत्रकार महासंघ सुनसरीकी कर्मचारी रश्मी प्रधानलाई ५ हजार नगद सहित प्रोत्साहन स्वरुप सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री ज्ञानेन्द्र वहादुर कार्की, पत्रकार धर्मेन्द्र झा र महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले संयुक्त रुपमा सम्मान गर्नुभएको थियो ।






