आईतवार ६, बैशाख २०८३ Sun,19 Apr 2026

सर्वाधिकार सुरक्षित

देशमा उच्च जातीय अहंकारवाद स्थापित गर्न खोजिँदैछ : प्रचण्ड



18:56 मंगलवार ३ , चैत्र २०७७

२०७७ चैत ३ गते, काठमाण्डौं ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने षड्यन्त्र भएको बताउनुभएको छ ।

मंगलबार अग्रणी शहीद शुकदेव गुरुङ शहीद घोषणा राष्ट्रिय जागरण अभियान अन्तर्गतको सर्वपक्षीय अन्तरसंवाद तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाललाई निरंकुश शासनतिर फर्काएर उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने षड्यन्त्र भएको बताउनुभयो । आफूहरुले जातीय अधिकार, समानता, आत्मसम्मान र स्वतन्त्रताको कुरा गर्दा जातिवादीको बिल्ला भिराएको उनले गुनासो गर्नुभयो ।

‘अस्ति प्रतिनिधिसभा विघटन गर्ने कुरा प्रधानमन्त्री केपी ओलीले गर्नुभयो त्यो भयानक ठूलो षड्यन्त्र थियो । नेपालका आदिवासी जनजाति, दलित, मधेसी, महिला सबैले पाएको अधिकार पनि खोस्ने र झण्डैझण्डै पहिलाको जस्तै निरंकुश शासनतिर नेपाललाई फर्काउने र उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने षड्यन्त्र थियो,’ उहाँले भन्नुभयो, ‘तपाई हामीले अलि जातीय अधिकारको कुरा, समानताको कुरा, आत्मसम्मानको कुरा, स्वतन्त्रताको कुरा ग¥यो भने हामीलाई जातिवादीको बिल्ला भिराउने अनि आफू चाहिँ उच्च वर्ग, उच्च जातिको अहंकारवाद र अन्धराष्ट्रवाद लाद्ने यो षडयन्त्र भएको छ ।’

प्राप्त अधिकार खोस्न माओवादी आन्दोलन र प्रचण्डलाई प्रहारको निशाना बनाइएको पनि उहाँको भनाइ थियो ।

Featured News

Advertisement