आईतवार ६, बैशाख २०८३ Sun,19 Apr 2026

सर्वाधिकार सुरक्षित

इटहरी खानेपानीको निर्वाचनको लागि समिति गठन



09:29 मंगलवार २४ , चैत्र २०७७

२०७७ चैत २४ गते, इटहरी
इटहरी खानेपानी उपभोक्ता संस्थाको निर्वाचनको लागि ५ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । यही चैत्र २१ गते बसेको संस्थाको बैठकले समिति गठन गरेको संस्थाका अध्यक्ष रामप्रसाद चौलगाई जानकारी दिनुभएको छ ।
निर्वाचन समितिको संयोजकमा इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई चयन गरिएको छ । सदस्यहरुमा संस्थाका सचिव माधव कोइराला, सल्लाहकार रमेश कुमार बिष्ट, इटहरी ८ परिषद सदस्य शेखर चौधरी र नागरिक समाज इटहरीका पूर्व अध्यक्ष दिनेश रसाइली रहनुभएको छ ।
निर्वाचनको मिति निर्वाचन समितिले नै गर्ने अध्यक्ष चौलागाईले बताउनुभयो । यो निर्वाचनबाट नयाँ कार्य समितिको चयन हुनेछ ।

 

Featured News

Advertisement