नेपाल पत्रकार महासंघ सुनसरीमा ६ जना सदस्य निर्विरोध निर्वाचित
09:54
मंगलवार
२४ ,
चैत्र
२०७७
NepalBit
978
२०७७ चैत २४ गते, इटहरी
नेपाल पत्रकार महासंघ सुनसरीमा ६ जना सदस्य निर्विरोध निर्वाचित भएका छन । निर्वाचन समितिले प्रदान गरेको अन्तिम नामवाली अनुसार निर्विरोध निर्वाचित हुनेहरुमा जिल्ला सदस्य (महिला) देविका चाम्लिङ राई, सदस्य (दलित) मा सुविन विश्वकर्मा, सदस्य (जनजाति) मा पारस राई, सदस्य (समावेशी, मुस्लिम, अल्पसंख्यक, अपाङ्ग) मा महमद मिकाईल, केन्द्रीय परिषद सदस्य (महिला) मा गंगा पौडेल बराल र प्रदेश परिषद सदस्य (महिला) मा कानुन कार्की रहनुभएको छ ।
उक्त पदहरुमा एक–एक जनाको मात्र उमेद्वारी रहेकाले निर्विरोध निर्वाचित भएका हुन । निर्वाचन समितिले भने मतदान पछि मात्र औपचारिक घोषणा गर्ने जनाएको छ ।






