नयाँ रेकर्ड बनाएको साता करिब ४ प्रतिशत बढ्यो नेप्से
२०७८ जेठ ८ गते, काठमाण्डौं ।
यस साता नेप्सेले नयाँ रेकर्डहरु बनाएको छ। यस साता नेप्सेले नयाँ अलटाइम हाइ रेकर्ड बनाउनुका साथै कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको थियो।
यस साता नेप्से परिसूचक २७९३.९० विन्दुसम्म पुगेको थियो। यो हालसम्मकै उच्च बन्द विन्दु हो। साताको तेस्रो कारोबार दिन अर्थात मंगलबार नेप्सेले सो नयाँ रेकर्ड बनाएको हो। त्यसैगरी, यस साता एकै दिन करिब १२ अर्बको शेयर कारोबार भइ नेप्सेले कारोबार रकममा पनि नयाँ रेकर्ड बनाएको हो।
यस साता नेप्से परिसूचक करिब ४ प्रतिशत बढेर बन्द भएको छ। गत साता २६८४.०१ विन्दुमा बन्द भएको नेप्से, यस साता ३.८४ प्रतिशत अर्थात १०३.१७ अंक बढेर २७८७.१८ विन्दुमा बन्द भएको छ।
त्यसैगरी, यस साता सेन्सेटिभ इण्डेक्स ४.०६ प्रतिशत बढेर ४९८.९७ विन्दुमा पुगेको छ भने फ्लोट इण्डेक्स ४.०५ प्रतिशत बढेर १९१.४७ विन्दुमा पुगेको छ।
यस साता नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य बढेको छ। यस साता ५ लाख ६९ हजार ७१६ पटकको कारोबारमा ५२ अर्ब ६० करोड रुपैयाँ बराबरको १० करोड ८७ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। यस साताको कारोबार रकम गत साताको तुलनामा ८३.८१ प्रतिशत बढी हो।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब ४ प्रतिशत बढेको छ। गत साता ३७ खर्ब २४ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ४३ अर्ब रुपैयाँ बढेर ३८ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूह बाहेक अरु सबै उपसमूहको बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक १४.८८ प्रतिशत बढेको छ। गत साता १३४६.९५ विन्दुमा बन्द भएको फाइनान्स उपसमूहको परिसूचक यस साता २००.४५ अंक बढेर १५४७.४० विन्दुमा बन्द भएको छ।
अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक बढेको छ। सो उपसमूहको परिसूचक यस साता ७४७.४४ अंक बढेको छ।
कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.७३ प्रतिशत अर्थात १०३.४० अंक घटेको छ।

यस साता बजार पूँजीकरणको आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको बजार पूँजीकरण २ खर्ब रुपैयाँ नाघेको छ।

साताको फ्लोरसिट विश्लेषण गर्दा मोस्ट पपुलर बाइ स्टकको सूचीमा यस साता गोर्खाज फाइनान्स, सिटिजन्स म्युचुअल फण्ड १, सर्पोट माइक्रोफाइनान्स लगायतका कम्पनीहरु परेका छन्। त्यस्तै, मोस्ट पपुलर सेल स्टकको सूचीमा यस साता नेपाल क्रेडिट एण्ड कमर्श बैंक, ग्लोबल आइएमई समुन्नत स्किम १, साल्ट ट्रेडिङ्ग कर्पोरेशन आदि कम्पनीहरु परेका छन्।
merolagani.com








