राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बडीमालिकाको पूजा आराधना
13:54
बुधबार
१८ ,
जेष्ठ
२०७९
NepalBit
636
काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले बडीमालिकामा आज बिहान पूजा आराधना गरेकी छन् । जिल्लाको खप्तडमा लाग्ने गङ्गादशहराका बेला देशका प्रतिष्ठित व्यक्तित्वले बडीमालिका र खप्तडमा पूजाआजा गर्ने प्रचलन रहेको छ ।
जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिकामा जेठ महिनामा लाग्ने गङ्गादशहराको पहिले नै बडीमालिकाको पूजा गर्ने प्रचलनअनुसार आज राष्ट्रपति भण्डारीले पूजा आराधना गर्नुभएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए । बडीमालिकाको पूजा सकेर राष्ट्रपति भण्डारी सुर्खेत फर्किएका हुन् । बडीमालिकामा राष्ट्रपति भण्डारीको आगमनले यहाँको पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।






