बिहीबार ३, बैशाख २०८३ Thu,16 Apr 2026

सर्वाधिकार सुरक्षित

महाकुम्भ मेलामा भागदौड मच्चिँदा १४ जनाको मृत्यु



11:46 बुधबार १६ , माघ २०८१

एजेन्सी । भारत, उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलाको संगम तटमा भागदौड मच्चिएको छ । स्थानीय समय अनुसार मंगलबार राति करिब १ः३० बजे त्यहाँ भागदौड मच्चिएको हो । भागदौडमा १४ जनाको मृत्यु भएको छ । तर प्रशासनले मृतक वा घाइतेको संख्याबारे कुनै जानकारी दिएको छैन ।

भागदौडपछि प्रशासनको आग्रहमा १३ वटै अखाडाले आज मौनी अमावस्याको अमृत स्नान रद्द गरेका छन् । घटनालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्री योगी आदित्यनाथसँग फोनमा कुरा गरेका छन् । संगममा केही महिलाहरू भुइँमा लडे, मानिसहरूले उनीहरूलाई कुल्चिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनापछि घाइते र मृतकलाई अस्पताल लगिएको छ ।

Featured News

Advertisement