शुक्रबार तोलामै २३ सय बढेको सुनको मूल्य आज कतिमा हुदैछ काराेवार ?
12:38
आईतवार
२० ,
माघ
२०८१
NepalBit
293
इटहरी । आज सुनको मूल्य स्थिर छ। चाँदीको मूल्य भने घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको शुक्रबार तोलामा दुई हजार तीनसय रुपैयाँ बढेर सुनको मूल्य एक लाख ६२ हजार आठसय रुपैयाँ पुगेको थियो। सोही मूल्यमा आज पनि सुनको कारोबार भइरहेको छ।
चाँदीको मूल्य आज प्रतितोला पाँच रुपैयाँ घटेको छ। आज चाँदीको तोलाको एक हजार नौ सय १० रुपैयाँ कायम भएको छ। गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।








