शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

देशैभर मौसम बदली, काेशी प्रदेशमा बढयाे चिसाे , पहाडमा हिमपात , तराइमा हुस्सु



08:12 मंगलवार २२ , माघ २०८१

इटहरी । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव जारी रहेको मौसमविद्हरूले बताएका छन्, जसका कारण अधिकांश भूभागमा मौसम बदली भएको छ।

मंगलबार देशका धेरैजसो स्थानमा बदली देखिएको छ। विशेषगरी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। तराईका भूभागमा लागेको कुहिरो दिउँसोसम्म हट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विभागका अनुसार, बिहान पौने ६ बजेको अवस्थामा विराटनगरको भिजिविलिटी १०० मिटर मात्र थियो, जबकि नेपालगञ्ज र धनगढीमा दुई हजार मिटर, भैरहवामा २५ सय मिटर तथा सिमरामा चार हजार मिटर भिजिविलिटी मापन गरिएको थियो।

गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ। अन्य प्रदेशहरूमा सामान्य बदली भए पनि वर्षा र हिमपातको सम्भावना कम रहेको विभागले जनाएको छ। बुधबार पनि मौसम बदली रहने अनुमान गरिएको छ। विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।

काठमाडौं उपत्यकामा आज दिनभर आंशिक बदली रहनेछ। बिहान पौने ६ बजे उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस मापन गरिएको थियो, जसले दिउँसो २२ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ।

Featured News

Advertisement