शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

कमलपोखरी ग्यास सिलिन्डर विष्फोट : ११ घाइतेमध्ये दुईको अवस्था गम्भीर



11:57 बिहीबार २४ , माघ २०८१

काठमाडौं । कमलपोखरीस्थित शानदार मोमो पसलमा आज बिहान ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिल बोहराका अनुसार सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका हुन्। घाइते सबैको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । अहिले उनीहरुको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेहरु मःम पसलका कामदारहरु हुन्।

घाइते हुनेहरुमा उदयपुर घर भएका प्रजित लामा, धनबहादुर तामाङ, संयोग मगर, नविन मगर, यसकुमार घले, बिरस मगर, काभ्रेका छिरिङ लामा, ललितपुरका आयुश मगर, मोरङका मनिष पोखरेल, चितवनका रोशन लामा, हेटौडाका सुविन राई रहेका छन् । विरस मगर र संजोग मगरको अवस्था गम्भीर रहेको छ । प्रहरीले घटनाबारे जानकारी लिने काम गरिरहेको छ ।

Featured News

Advertisement