शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

प्रतिनिधिसभाकाे बैठक बस्दै, आज पनि राखिएन अध्यादेशको प्रस्ताव



10:20 शुक्रबार २५ , माघ २०८१

इटहरी । प्रतिनिधिसभा बैठक आज (शुक्रबार) पनि बस्दैछ । संघीय संसद भवन, बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा उधोग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिका सभापति अब्दुल खानले ‘विद्युतीय ब्यापार विधेयकसबन्धी समितिको प्रतिबेदन, २०८१ पेस गर्नेछन् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदन सहितको विधायन विधेयक, २०८० माथी छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने ‘विधायन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

उता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको अन्तराष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरू (महासन्धि, प्रोटोकल र सिफारिस) सबन्धी प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

Featured News

Advertisement