शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

झापामा महिला साथीसँग होटलमा बसेका युवकको मध्यराति मृत्युु



10:24 शुक्रबार २५ , माघ २०८१

झापा । झापामा महिला साथीसँग होटलमा बसेका एक युवकको मध्यराति आकस्मिक रुपमा मृत्यु भएको छ।झापाको बिर्तामोड नगरपालिका–४ स्थित एभरेस्ट होटल एन्ड लजमा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–१ का ३० वर्षीय सागर बेस्रा रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बेस्रा गए राति एक जना महिला साथीसँग उक्त होटलमा गएका थिए । राति सुतेको कोठाभित्रको बाथरुममा लडेर बेहोस बेस्रा बेहोस भएका थिए । राति करिब साढे १ बजेको समयमा उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले होटल सञ्चालक र बेस्रासँग होटलमा गएकी युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।

Featured News

Advertisement