पूर्वप्रेमिकाका अश्लिल भिडिओ आफन्तलाई पठाउँने उदयपुरका युवक पक्राउ
21:25
शुक्रबार
२५ ,
माघ
२०८१
NepalBit
261
इटहरी । प्रेम सम्बन्धमा रहेका बेला खिचिएका युवतीका व्यक्तिगत भिडिओ र तस्बिर आफन्तलाई म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले उदयपुरका युवकलाई पक्राउ गरी काठमाडौँ ल्याएको छ। पीडित महिलाले साइबर ब्युरोमा दिएको निवेदनका आधारमा प्रहरीले उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका-४ स्थायी ठेगाना भएका ३१ वर्षीय विश्वराज राईलाई पक्राउ गरेको हो।
बिहीबार पक्राउ गरिएका राईलाई शुक्रबार काठमाडौँ जिल्ला अदालतबाट ५ दिन हिरासतमा राख्ने अनुमति प्राप्त भएको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए। राईलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।






