झापामा नेपाल प्रहरीका सई व्यारेकमै मृत्त भेटिए
20:16
आईतवार
४ ,
फाल्गुन
२०८१
NepalBit
240
झापा । झापामा नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक (सई) मृत भेटिएका छन् । आइतबार बिहान भद्रपुर नगरपालिका–८ स्थित जिल्ला प्रहरी कार्यालय झापामा रहेको ब्यारेकमा सई धनराज खतिवडा मृत भेटिएको डिएसपी कृष्ण चन्दले जानकारी दिए।
उनका अनुसार तीनतले प्रहरी ब्यारेकको माथिल्लो तलामा पानीको ट्यांकी जाने फलामको भर्याङमा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन् । मृतक खतिवडा भोजपुर टैम्केमैयुङ गाउँपालिका–४ घर भई मोरङ कानेपोखरी गाउँपालिका–७ बस्दै आएका छन् । उनको मृत्यु कतिबेला भएको भन्ने खुलेको छैन । प्रहरीले मृतकका आफन्तलाई जानकारी गराएर कानुनी प्रक्रिया अघि बढाएको डिएसपी चन्दले बताए । घटनाको थप अनुसन्धान अघि बढाएको छ ।
-1628758587.jpg)





