सिरहाकी रिंकुको शंकास्पद मृत्युबारे छानबिन गर्न एसएसपीको नेतृत्वमा बन्यो समिति
16:35
मंगलवार
६ ,
फाल्गुन
२०८१
NepalBit
262
सिरहा । सिरहा नवराजपुर गाउँपालिका–१ भगतपुरकी रिंकुकुमारी सादयको मृत्यु घटनामा छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन भएको छ । मृत्यु घटनामा थप अनुसन्धान गर्न मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको एसएसपी शान्तिराज कोइरालाको जानकारी दिए ।
एसएसपी कोइरालाकै नेतृत्वमा सोमबार इन्स्पेक्टर, मुद्दा शाखाका कर्मचारीसहित पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । ‘छानबिन समिति गठन हुनसाथ सोमबार नै हाम्रो टोली घटनास्थलमा पुगेका थियौं,’ एसएसपी कोइरालाले भने, ‘पोस्टमर्टम रिपोर्ट नआएको र आरोपित फरार रहेकाले अहिले सोधपुछको काम भइरहेको छ ।’
रिंकुकुमारी माघ ३० गते झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । घटनाअघि उनीमाथि स्थानीय तीन जना युवकले सामुहिक बलात्कार गरेको र उक्त घटना मिलाउन खोजिएको समाचार बाहिरिएको थियो ।






