राप्रपाले सातै प्रदेशमा भण्डाफोर सभा गर्ने
20:11
बिहीबार
८ ,
फाल्गुन
२०८१
NepalBit
219
इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सातै प्रदेशमा भण्डाफोर सभाको घोषणा गरेको छ । शुक्रबार (भोलि) पोखराबाट सुरु हुने सभा फागुन २७ गते सुर्खेतमा सकिने राप्रपाले जनाएको छ । महामन्त्री राजेन्द्र गुरुङद्वारा जारी विज्ञप्तिमा सातै प्रदेशमा वृहत् भण्डाफोर सभा गर्ने जनाउँदै भ्रष्टाचार, व्यथित विरुद्ध र हिन्दु राष्ट्र तथा राजसंस्थाको पक्षमा भण्डाफोर सभा गरिने उल्लेख छ ।
गण्डकीको पोखरामा फागुन ९ गते, लुम्बिनीको बुटवलमा फागुन १७ गते, सुदूरपश्चिमको धनगढीमा फागुन १८, मधेसको जनकपुरमा फागुन २१, बागमतीको काठमाडौंमा फागुन २५ र कर्णाली प्रदेशको सुर्खेतमा फागुन २७ भण्डाफोर सभा गर्ने विज्ञप्तिमा उल्लेख छ ।






