इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प
एजेन्सी । इन्डोनेसियाको सुलावेसी टापुको तटमा बुधबार भूकम्प गएको छ।संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार बुधबार इन्डोनेसियाको सुलावेसी टापुको तटमा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो।यो खबर बनाउँदासम्म कुनै पनि प्रकारको क्षतिको विवरण आइसकेको छैन।संयुक्त राज्य भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु सुलावेसी प्रान्तनजिकै १० किलोमिटर गहिराइमा थियो।
भूकम्पको जोखिममा इन्डोनेसिया
इन्डोनेसिया 'रिङ अफ फायर' क्षेत्रमा अवस्थित छ, जहाँ टेक्टोनिक प्लेटहरूको चालका कारण भूकम्प गइरहन्छ। जनवरी २०२१ मा सुलावेसीमा ६.२ म्याग्निच्युडको भूकम्प जाँदा १०० भन्दा बढी जनाको मृत्यु भएको थियो भने हजारौँ घरबारविहीन भएका थिए।
२०१८ मा सुलावेसीको पालुमा ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीमा २,२०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।२००४ मा आचे प्रान्तमा ९.१ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीमा १ लाख ७० हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो।






