आज पनि २२ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?
13:31
शुक्रबार
१६ ,
फाल्गुन
२०८१
NepalBit
250
इटहरी । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको भाउ तोलामै २२ सय रुपैंयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा एक लाख ७० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुन शुक्रबार घटेर १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।






