आईतवार ६, बैशाख २०८३ Sun,19 Apr 2026

सर्वाधिकार सुरक्षित

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: यी ४ प्रदेशमा वर्षा हुँदै



08:34 शनिबार १७ , फाल्गुन २०८१

इटहरी । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागको मौसम साधारणतया बदली छ। देशका बाँकी भूभागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गएराति काठमाडौँ उपत्यकामा हल्का वर्षा भएको छ। उपत्यकाका कतिपय ठाउँमा अहिले पनि हल्का वर्षा भइरहेको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ। देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ। 

आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित देशका बाँकी पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा आज हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाटसमेत बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

Featured News

Advertisement