आईतवार ६, बैशाख २०८३ Sun,19 Apr 2026

सर्वाधिकार सुरक्षित

अब सवारी लाइसेन्स छाप्ने जिम्मा प्रदेश सरकारलाई



21:20 मंगलवार २० , फाल्गुन २०८१

इटहरी । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले साउन १ गतेदेखि प्रदेश सरकारले नै सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ गर्ने बताएका छन् ।

आज (मंगलबार) मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सातै प्रदेशका यातायात मन्त्री र सचिवसहितको विषयगत समितिको बैठकमा बोल्दै मन्त्री दाहालले मेशिन किनेर कार्ड बनाउने कि कार्ड किन्ने भन्ने निर्णय प्रदेश सरकारले नै गर्नुपर्ने बताए ।

बागमती र कोशी प्रदेशले प्रयास गरिसकेको भन्दै अब अन्य प्रदेशले पनि सुरु गर्नुपर्ने मन्त्री दाहालको भनाइ छ । आगामी कात्तिक–मंसिरससम्म २५ लाख लाइसेन्स छपाइ सक्नुपर्ने उनले बताए । अहिलेसम्म साढे ५ लाख मात्रै छापिएको र १९ लाख अझै छपाई गर्न बाँकी रहेको उनले बताए ।

Featured News

Advertisement