शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा



09:07 बुधबार २१ , फाल्गुन २०८१

इटहरी । नेकपा माओवादी केन्द्रको पदाधिकारी आज बस्ने भएको छ । बैठक बिहान ९ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्ने भएको हो ।

सरकारले सदनमा पेस गर्न लागेको अध्यादेश, तराई मधेस जागरण अभियानलगायत समसामयिक विषयमा बैठक निर्णयमा पुग्ने प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले बताए ।

सोमबार बसेको बैठकमा अभियान र पछिल्लो राजनीतिबारे समीक्षा भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका थिए । सापकोटाका अनुसार आजको बैठकमा सुदूरपश्चिम माओवादी संसदीय दल विवाद सम्बन्धमा पनि निर्णय हुन सक्नेछ।

Featured News

Advertisement