आईतवार ६, बैशाख २०८३ Sun,19 Apr 2026

सर्वाधिकार सुरक्षित

लोकप्रिय छु भन्ने लागेको भए चुनाव लड्न पूर्वराजालाई प्रधानमन्त्री ओलीको चुनौती



20:54 बिहीबार २२ , फाल्गुन २०८१

महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकप्रिय छु भन्ने लागेको भए चुनाव लड्न पूर्वराजालाई चुनौती दिएका छन्।महोत्तरीमा भएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लोकप्रिय लागेको भए निर्वाचनमा लड्न पूर्वराजा शाहलाई चुनौती दिएका हुन् । उनले मुलुकको शासन गर्नका लागि निर्वाचनबाट आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिए ।

उनले नेपाली जनताले फालेका राजतन्त्रलाई पुनः फर्काउन भन्दै नाराबाजी भइरहेको उल्लेख गर्दै कुर्सीमा बस्दा राजा हुने दिन गएको बताए । प्रधानमन्त्री ओलीले भने, ‘नेपाली जनताले फालेका राजतन्त्रलाई त्यो तन्त्र कताबाट उदिनेर, कहाँबाट उदिनेर ल्याउने हो ? ल्याएर कहाँ ल्याएर कुर्सीमा राख्छन् अरे । अनि मान्छे कुर्सीमा बस्दा राजा हुने भए त तपाईंहरु कुर्सीमा बस्नुभएको छ नि राजा हुनुभयो ? कुर्सीमा राख्दैमा होइन, संविधानको बाटो समाउनुस् । पूर्वराजा लोकप्रिय छन् भने चुनाव लड्नुस् । आउनुस् पार्टी खोल्नुस् ।’

छायाँ अघि सारेर नभइ आफैं राजनीतिक दल खोलेर निर्वाचन लड्न उनको चुनौती छ । उनले देश विकास निर्माणका कामबाट अघि बढिरहेको भन्दै आफू मधेसविरोधी नभएको समेत बताए ।

Featured News

Advertisement