शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

आज पनि संसदका दुबै सदनको बैठक बस्दै, के–के छन् कार्यसूची ?



09:54 शुक्रबार २३ , फाल्गुन २०८१

इटहरी ।आज (शुक्रबार) पनि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभा अपराह्न १ बजे बस्नेछ भने राष्ट्रियसभा सवा १ बजे बस्न लागेको हो । आजको प्रतिनिधिसभा बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धी कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २४औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची पनि रहेको छ । यस्तै व्यवस्थापन कार्य अन्तर्गत आज उर्जामन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । यस्तै, राष्ट्रियसभा बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर हुनेछ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची तय भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७९/८० को छैटौँ वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको छ । अर्थमन्त्री विष्णु पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

Featured News

Advertisement