आईतवार ६, बैशाख २०८३ Sun,19 Apr 2026

सर्वाधिकार सुरक्षित

पूर्वराजाको स्वागतमा आज राजावादीहरुले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै , बढाइयाे सुरक्षा सतर्कता



09:33 आईतवार २५ , फाल्गुन २०८१

इटहरी ।  पूर्वराजा आज (आइतबार) पोखराबाट काठमाडौँ आउने अवसर पारेर राजावादीहरुले काठमाडौँमा शक्ति प्रदर्शनको तयारी गरेका छन् । पछिल्लो केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज अपराह्न काठमाडौँ आउन लागेका छन् ।

यसै अवसरमा राजावादी दलहरु राप्रपा, राप्रपा नेपालसहित राजा फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईले काठमाडौँमा संयुक्त रुपमा शक्ति प्रदर्शन गर्न लागेका छन् । फागुन ७ गते प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश संकटमा परेकोले राष्ट्र बचाउन आफूलाई साथ दिन अपिल गरेपछि राजावादीहरु उत्साहित हुँदै आफ्नो अभियानलाई तीब्र बनाइरहेका छन् ।

पूर्व राजाको अपिलले राजवादीहरु हौसिएपछि सत्तारुढ र प्रतिपक्ष दलहरु पनि तरङ्गित हुँदै पूर्वराजालाई चेतावनी दिइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजालाई राजनीति गर्ने भए दल खोलेर चुनाव लड्न चेतावनी दिएका छन् । सरकारले आजको राजवादीहरुको शक्ति प्रदर्शनमा विशेष नजर राख्दै काठमाडौँको सुरक्षा व्यवस्था कडा पारेको छ । सरकारी पक्षको आजको प्रदर्शनमा करिब १० हजारको उपस्थिति हुनसक्ने आंकलन रहेको गृह स्रोतले जानकारी दिएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउने अवसर पारेर राजावादीहरूले काठमाडौंमा शक्ति प्रदर्शनको तयारी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीसहित राजावादी संगठनहरूले राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेर विमानस्थलमा भेला भई शाहको स्वागत गर्ने तयारी गरेका हुन् ।

पोखराबाट फर्किएपछि ज्ञानेन्द्रलाई जुलुससहित चक्रपथ हुँदै महाराजगञ्जस्थित निर्मल निवास लैजाने उनीहरूको तयारी छ। पूर्वराजा शाह आज पोखराबाट काठमाडौं फर्कदै छन् । पछिल्लो केही समयदेखि गण्डकी प्रदेशका विभिन्न धार्मिक स्थलको भ्रमण गरिरहेका शाह आज अपराह्न काठमाडौँ आउन लागेका हुन् । उनी दिउँसो साढे तीन बजेतिर त्रिभुवन अन्तर्राष्ट्रियमा अवतरण गर्नेछन् ।

राजावादीहरूले गर्ने शाहको स्वागत कार्यक्रमलाई लिएर स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएको छ । पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा करिब ६ हजार राजावादीहरू सहभागी हुनसक्ने प्रहरीको आँकलन छ । प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको प्रहरीले जनाएको छ ।

एकीकृत सुरक्षा व्यवस्थाका लागि बनेको योजनाअनुसार आज काठमाडौंमा नेपाल प्रहरीले ‘आवश्यक मात्रा’ मा फौज परिचालन गर्न लागेको जिल्ला प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए । ‘कुनै किसिमको हुल हुज्जतपूर्ण, गैरकानूनी तथा सामाजिक मर्यादाविपरीतका कार्य हुन दिइने छैन’, अधिकारीले भने, ‘विभिन्न युनिटका प्रहरी कर्मचारी त्यसका निम्ति तैनाथ हुनेछन् ।’

आज बिहानैदेखि काठमाडौंका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । बिहानैबाट काठमाडौंका चोकचोकमा बर्दीसहित र सादा पोशाकका प्रहरी टोली परिचालित छन् । प्रहरीले भिडभाड र जुलुस अनियन्त्रित हुनसक्ने विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति बनाएको छ । एकीकृत सुरक्षा रणनीति बनाएर सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए । उनका अनुसार एकीकृत सुरक्षा रणनीतिअन्तर्गत प्रहरी परिसर काठमाडौं, अपराध अनुसन्धान कार्यालय, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाकर्मी परिचालन गरिएको छ ।

अवाञ्छित गतिविधि एवं क्रियाकलाप गर्नेलाई कानुनी दायरामा ल्याइने उनले बताए । शान्तिपूर्ण प्रदर्शनमा भने प्रहरीले कुनै रोकटोक नगर्ने उनको भनाइ छ । फागुन ७ गते प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश संकटमा परेकोले राष्ट्र बचाउन आफूलाई साथ दिन अपिल गरेका थिए । पूर्वराजाको अपिलले राजवादीहरू हौसिएका छन् । तर, सत्तारूढ र प्रतिपक्ष दलहरू भने तरंगित भएका छन् ।

प्रमुख दलका नेताहरूले पूर्वराजालाई चेतावनी दिइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारूढ नेपाली कांग्रेसका सभपति शेरबहादुर देउवादेखि प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजालाई राजनीति गर्ने भए दल खोलेर चुनाव लड्न चेतावनी दिएका हुन्। माओवादी केन्द्रले राजावादीहरूको सक्रियता बढेसँगै हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जागरण अभियान नै स्थगित गरेको छ ।

Featured News

Advertisement