आईतवार ६, बैशाख २०८३ Sun,19 Apr 2026

सर्वाधिकार सुरक्षित

शेर्पा समुदायले निकाले ताप्लेजुङमा सद्भाव र्‍याली



17:05 आईतवार २५ , फाल्गुन २०८१

ताप्लेजुङ । ताप्लेजुङको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले आज सदरमुकाम फुङ्लिङ बजारमा सद्भाव र्‍याली आयोजना गरेको छ । शान्ति र समृद्धिको सन्देश फैलाउने उद्देश्यले निकालिएको उक्त र्‍यालीमा शेर्पा समुदायका सदस्य मौलिक पोसाकमा सजिएर सहभागी भएका थिए ।

र्‍यालीले वीरेन्द्र चोकबाट सुरु भई तोक्मेडाँडामा रहेको गुम्बाको परिक्रमा गरेको थियो । गुम्बा परिक्रमा शेर्पा समुदायको धार्मिक आस्थासँग गाँसिएको महत्वपूर्ण परम्परा हो । त्यसले शान्ति, सद्भाव र सकारात्मक ऊर्जाको प्रवद्र्र्धन गर्ने विश्वास गरिन्छ ।

उक्त र्‍याली हिमालयन शेर्पा सांस्कृतिक केन्द्र ताप्लेजुङ र शेर्पा सञ्चार समूह नेपाल जिल्ला शाखाको संयुक्त आयोजनामा गरिएको हो । आयोजक संस्थाहरूले बौद्धमार्गीको राष्ट्रिय पर्व २१५२औं शिङ मो डुल लो ग्याल्पो लोसारको अवसरमा आज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाएको छन् । ग्याल्पो लोसार पर्व शेर्पा समुदायका लागि विशेष महत्व राख्ने चाड हो । यस अवसरमा परम्परागत नृत्य, मौलिक गीत संगीत तथा सांस्कृतिक झाँकी प्रस्तुत गरिन्छ ।

Featured News

Advertisement